संसार यो झुट्मुटको खेतिमा नै चल्दैछ है
आगोसरी किन कुन्नी छाती हाम्रो जल्दैछ है ।
मान्छे भनी गर्व गर्छौं बेहालत् छ हाम्रै जुनी
हाम्ले टेक्ने धर्ती पनि दन्दनी पो बल्दैछ है ।
एकार्काको विश्वास पनी धुमिल बन्दै गइेसक्यो
मनमा भाको आस्था विश्वास गर्लम्म नै ढल्दैछ है ।
मज्बुत बन्ने हाम्रो आवाज सेलाएर गइेसक्यो
कर्म गर्ने हाम्रा हात कम्जोर बनी गल्दैछ है ।
प्रकृतिको नियम पनी ऊल्लङ्घन भइेसक्यो
मानिसको चक्रलाई प्रकृतिले छल्दैछ है ।
( रचना -नोवेम्बर/ १७/ २०११ )
0 comments:
Post a Comment