Wednesday, February 8, 2012

गज़ल

मदहोस नयनमा प्यास अझै बढ्दै छ की
मिलनको त्राषले सास अझै बढ्दैछ की ?


छातीभित्र धड्किन्छ मुटु पनी कहालिँदै
भेट्ने इेच्छा उर्लेर आश अझै बढ्दैछ की ?


सबैलाइे होला है यस्तै यस्तै काउकुती
मिलनको त्यो पल खास अझै बढ्दैछ की ?


भेट्घाटको मीठो पल् नसकेर पर्खन नी 
अबिश्वास बढेर त्राष अझै बढ्दैछ की ?


दुईमुटु एकै होस् मिलनको पलभरी
पर्खाइेको पिरले भास अझै बढ्दैछ की ?




( रचना - नोवेम्बर/ १६/ २०११ )

0 comments:

Post a Comment