Wednesday, February 29, 2012

मुक्तक

आशाको दियो बालेर पर्खीरहेँ तिम्लाई
मनको खाटो टालेर पर्खीरहेँ तिम्लाई
यो कस्तो प्रतिक्षा बुझ्नै सकिन मैले
दिनलाई रातमा ढालेर पर्खिरहें तिम्लाई।

तिम्रा सबै बाचाहरू सहजै मन्जुर छ
मायाका ती ढाँचाहरू सहजै मन्जुर छ
आँखा जुध्यो,मन मिल्यो अब हाम्रो
प्रेममा भोगिने खाँचाहरू सहजै मन्जुर छ।

सोंचौं अब हाम्रो माया केवल रहर नहोस् 
हामीले साटेका प्रीतहरू बिथोल्ने जहर नहोस् 
हुनसक्ला केहि बाधा अड्चन मायामा हाम्रो
आउँने हर पलहरू,बिझाउँने कहर नहोस्  । 
रचना - फेब्रुवरी २९ /२०११

0 comments:

Post a Comment