Wednesday, February 8, 2012

गज़ल

तिम्रै नाममा जूनको टिका लाइेदिन्छु म
त्यही जूनको किरण बनी छाइेदिन्छु म ।


तिम्रोलागी सयौं जूनी लिन तयार छु           
इेश्वर् भाकी सधैं कसम खाइेदिन्छु म । 


दुखेको यो मनलाइे शान्त बनाउँन
तिमीबाटै संजिवनी पाइेदिन्छु म ।


दुई शरिर् बिछोड् हुँदा मन दुख्ला नि
त्यही मनको बाटोगरी धाइेदिन्छु म  ।


अन्धकारमा अल्मलिए बाटो देखाउँन
प्रज्ज्वलित "प्रभा" बनी आइेदिन्छु म ।


( रचना सेप्टेम्बर - ९/ २०११ )

0 comments:

Post a Comment