Wednesday, February 8, 2012

गज़ल

( आँशिक काफियायुक्त गजल )           


साँझको गोधूलीमा तिम्रै छाँया खोजेँ मैले
शुन्सान अन्धकारमा तिमीलाइे सोधेँ मैले ।


कस्तो यो चाहनाको पाना आज पल्टाइेरैछु
इन्द्रेणी रंगहरुमा तिम्रै रंग रोजें मैले ।


नयनको जादु कस्तो मनै मेरो चोरी दियो
रित्तो यो मनमा आज याद उस्कै बोकें मैले ।


लाग्दथ्यो छातीभित्र कुनै बस्तु अल्झिरैछ
सुस्तरी निकालेर उस्को ओजन् जोखेँ मैले ।


थाहा नै भएन'की यस्तो मीठो दर्द होला
त्यसैले यो पीडालाइे माया भनी तोकें मैले ।


( रचना - सेप्टेम्बर/ ७/ २०११ )

0 comments:

Post a Comment