गज़ल
जूनसँगै मुस्कुराउँछु पुर्णिमाको रातमा म
आधापिल्ठो बनिदिन्छु नमिठा यी घातमा म ।
कैले छर्छु मुस्कान् पनि जबर्जस्ती अधरमा
पस्चताप गर्छु कैले नारी भन्ने जातमा म ।
दु:ख सुख सरोबरी सबैलाइे हुन्छ भन्छन्
दुखी रेखा धेरै देख्छु मेरै मात्र हातमा म ।
जिन्दगी यो कैले लाग्छ कर्कलोको पानीसरी
अन्योलमा छाडिदिन्छु मनलाई पातमा म ।
झुठो सप्ना देख्नु छैन पुरा हुन्छ भनेर नै
त्यागिदिन्छु यो जुनीलाई पिरब्यथाको घातमा म ।
रचना - सेप्टेम्बर/ १३/ २०११
0 comments:
Post a Comment