''आकारहिन मन ''
मन पानी भए छताछुल्ल पोखिदिन्थे
त र ---मन अद्रिश्य छ
न त यस्को स्वरूप नै छ
छात्तीभित्र कुण्ठित भएर
बस्नु परेकोले होला शायद ---
कहिले नमिठो पीडाले दुखिदिन्छ
कहिले सानो खुशीमा पनि उत्ताउलो बनिदिन्छ ।
बन्धनको पर्खाल तोडेर भाग्न सक्दैन
मान्छेलाई सुन्य बनाएर जान सक्दैन यो
थरी थरिको अभिनयमा अल्झेको छ मन ।
चाहना र आकाक्षाको पंख फिजाएर
कहिले आकाशिन्छ ,
ब्यथा र पीडाको जलनले
कहिले छट्पटिन्छ ,
मान्छे भित्र हुनुमा कहिले गर्व गर्छ
कोमल र भावुकपनमा कहिले
निस्सासिन्छ यो मन ।
यसैले मन हावा भए बहाइ दिन्थे
अद्रिश्य हुने गरी
मन पानी भए पोखी दिन्थे
छत्ताछुल्ल हुने गरी ।
हजुरको भाव आहा! मलाई धेरै मिठो लाग्यो;
ReplyDeleteआफु पनि छत्ताछुल्ल भैदिने पो रहर जाग्यो!!!
Kedar Rimal