Saturday, February 4, 2012

गज़ल

   
भेटेको पल बिर्सनु भन्दा नभेट्नु जाती लाग्छ
देखेको माया छुट्टिनु भन्दा नदेख्नु जाती लाग्छ ।

माया त यसै अमर हुन्छ मनले साँच्चै रोजे
मायाको झुटो तारिफ बरु नलेख्नु जाती लाग्छ ।

पागल प्रेमी बनेर झुटो नरच्नु स्वांग पनि
बनेर झुट प्रेमिल छायाँ नखेद्नु जाती लाग्छ ।

बहाना पनि नगर्नु रैछ प्रेमीको रूप बोकी
मनको माया दिएर पछी नछेक्नु जाती लाग्छ । 

प्रेमको भाषा नबुझी कन नबाँड्नु ठीक हुन्छ
मायालु बन्दै मायाको संघार् नटेक्नु जाती लाग्छ ।
 ( रचना-१/४/२०११

0 comments:

Post a Comment