मौनता भित्र हराए सरि भयो नि जिन्दगी
आफैमा पनि डराए सरि भयो नि जिन्दगी ।
सुन्यता भित्रै छाउँथ्यो हरे!मनको मौनता
अनायस् फेरि कराए सरि भयो नि जिन्दगी ।
आशाको झिनो लहरा तान्दै बाँचेथ्यो यो तन
अन्यत्र टाढा सराए सरि भयो नि जिन्दगी ।
एक्लो यो मन एकान्त पन कहिले सम्म हो ?
उराठ बाग चराए सरि भयो नि जिन्दगी ।
मान्छेको जन्म हारेको कर्म स्विकार्नै पर्दछ
मनुष्य जूनी तराए सरि भयो नि जिन्दगी ।
रचना - १/ ३ /२०१०
0 comments:
Post a Comment