( झ्याउरे छन्दमा मुसलसल अनी तखल्लुस युक्त गजल )
कठिन बाटो काटेर आएँ केही त गर्नै छ
बाँचुन्जेल् सम्म श्रीजना गर्छु आखिर मर्नै छ ।
दैवको लीला यस्तै नै रैछ भनेर बुझौँ है
बनेर शित टल्कँदै मैले धर्तिमा झर्नै छ ।
शब्दको खेती गरेर पनि श्रीजना उमार्छु
साहित्य सेवा गरेर अझै ढिकुटी भर्नै छ ।
मान्छेको चोला पाएर मात्र बाँचेको सार हुन्न
असल बनी जीवन खोला हाँसेर तर्नै छ ।
0 comments:
Post a Comment