Friday, February 3, 2012

गेंडी





 नव यौवनाको भावनारुपी गेंडीहरु
 पर्खी बसें रातमा आउँछौ की भनेर
 आकाशका जून् तारा एक एक गनेर
 रातै बिताएँ,
 यो मनले के के चिताएँ.........../




कलिलो यो उमेर तिम्रै निम्ती साँच्दैछु
बिहे गर्ने त्यो दिन सम्झि सम्झि नाँच्दैछु
जुर्ला साईत ,
नराख है अब माईत ........./  


मन दिए पुग्दछ चाहिन्न है गहना
चाँडै ल्याउ बराती नगर न बहना
बैंश ढल्कला,
आँखाबाट आसुँ छल्कला................/


कन्या केटी पाउँन भाग्य दर्‍हो बनाउ    
सबैलाई हाक्की नै आफ्नो कुरा जनाउ
गर खबर , 
बेहे गर्ने तिम्रो रहर........../
(रचना -डिसेम्बर १० /२०११ )

0 comments:

Post a Comment