देशमा बसि सेवा गर्ने भाव अब मरेछ नि
स्वदेश बस्ने ईच्छा पनि परदेशमा सरेछ नि ।
बाध्यता नै यस्तै भयो चाहेर पो के नै हुन्छ ?
कर्म गर्ने भाग्य पनि अर्कैको भाग परेछ नि ।
साहश र शक्ति जति निराशाले पुरिदियो
बिडम्बना!जोश जाँगर अरुले नै हरेछ नि ।
नेपाली हुँ भन्ने शब्द आजभोली मर्दाखेरि
शासक र लुच्चाप्रती सबले दागा धरेछ नि ।
आकाश छुने सबको ईच्छा नुहिएर ब्यर्थ भयो
पहाड चड्ने गोडाहरू समतलमा झरेछ नि ।
रचना - फेब्रवरी १५ /१२
0 comments:
Post a Comment