(बहुकाफियारुपी गजल)
फूलसँगै फुली दिए मनका रहरहरु
जूनसँगै भुली दिए रातका प्रहरहरु ।
थाँती राख्दै बाँची रैछु उदेश्य मनभरी
प्रीतसँगै घुली दिए तिता जहरहरु ।
कैले शंका कैले विश्वास पालेर हृदयमा
हावा बन्दै डुली दिए दिलका ठहरहरु ।
कालो बादल सहेंकीथेँ हिम्मत राखेर नै
खुशी बन्दै झुली दिए आखिर लहरहरु ।
जिन्दगीमा संघर्षको बगर टेक्दा आज
अनायसै चुली दिए रित्ता कहरहरु ।
( रचना - जुलाइे/ ७/ २०११ )
0 comments:
Post a Comment