Wednesday, February 8, 2012

गज़ल



कमाउँन नाम अर्को सभासद कुट्न थाले
कोही भने यही मौका जताभावी लुट्न थाले


कानुनको के काम भो?मनपरी हुन्छ भने
यस्तै हालत भएर नै सबको मन टुट्न थाले । 


जती हात हाले पनि कानुन नै अन्धो छ त
अत्याचार गर्नेहरु जेल बाट छुट्न थाले ।


कहाँ गई निहु खोजौँ भन्ने बहनाले हेर
देखावटी हाँसो हाँस्दै भित्रभित्रै फुट्न थाले ।


हुने काम कस्ले गर्ने? बेकारमै दिन फाल्दै
तोड्फोड गर्नलाइे सबैजना जुट्न थाले ।


( रचना - जुलाइे/ ७/ २०११ ) 

0 comments:

Post a Comment