सहयोग् माँग्दै शत्रुको नाम डाक्ने पो किन हो ?
शाहस आफ्नो निर्बल बन्दै ढाक्ने पो किन हो ?
सरल बनि बाँच्नु नै राम्रो सच्चाइे पालेर
झुटको रथ साँचो हो भनि हाँक्ने पो किन हो ?
मुखमा राम भित्री चैँ छुरा संसार यस्तै छ
मनै छ पापि मुखले दैब भाक्ने पो किन हो ?
स्वच्छ र सफा यो मन राख्नु सबैले पर्दछ
दुर्गन्ध छर्ने पथमा खुट्टा जाक्ने पो किन हो ?
आकाश फल चाहेर पनि पाउँन सकिन्न
नमिल्ने कुरा मिल्दैन भने ताक्ने पो किन हो ?
रचना - जनवरी -३/१२
ghayalko tarahi 34
0 comments:
Post a Comment