के के नै पो नाप्छु भन्थ्यौ भोट माँग्ने बेला
न्यानो ओढ्ने खाप्छु भन्थ्यौ भोट माँग्ने बेला ।
खै त! तिम्रा मीठा बचन् आज कता गए ?
पत्रे सडक छाप्छु भन्थ्यौ भोट माँग्ने बेला ।
निस्वार्थ र कपटको जरै माँस्छु भन्थ्यौ
जालसाजी हाँप्छु भन्थ्यौ भोट माँग्ने बेला ।
भाषणको भर परि सत्ता चलाऊँदिन
झुठ बोले काँप्छु भन्थ्यौ भोट माँग्ने बेला ।
जनताको पीरमार्का यसै बुझ्छु भन्दै
आशिष दिए थाप्छु भन्थ्यौ भोट माँग्ने बेला ।
रचना -जनवरी/ ३१/ २०१२
0 comments:
Post a Comment