अब मैले लेख्नु छैन बिरहको गजल् गीत
यो मनले लाको छैन कसैसँग झुठो प्रीत ।
सधैंभरी कहाँ हुन्छ सबैको नै भरोशा पो ?
अब आशा गर्नु हुन्न कसैबाट सत्य हित ।
फूल पनि ओइेलिन्छ जब घाम चर्को बन्छ
पत्झर झैं सुक्नु पर्छ जब सुक्छ चिसो शीत ।
संसारमा यस्तै चल्छ जस्को शक्ती उस्को भक्ती
अहिलेको समयमा असत्यको हुन्छ जित ।
जे जस्तो आइेपर्छ भोग्नु पर्छ जीवनमा
असत्यको जरो मासी चलाउं है नयाँ रित ।
रचना - जनवरी/ ३/ १२
0 comments:
Post a Comment