भन्दछन् सबै संघारमा दशैँ आयो सुन
बिहानी बनी खुशीयाली कती छायो सुन ।
चाडबाड् भनी सबै हेर कती खुशी हुन्छन्
दु:खले दिक्क पीडित मनले यो सुन ।
बसन्त फर्की रनबन कती हर्ष छर्छ
खुशीको गीत कोइलीले मीठो गायो सुन ।
मानिस बिच कोलाहल सधैं भए पनि
दशैँमा सबै भावनाले प्रीत लायो सुन ।
पराइ बनी हरबखत बिछोड भएपनी
कोशौँ कोश टाढा मन नजिक धायो सुन ।
( रचना -अक्टोबर ५ /२०१० )
0 comments:
Post a Comment