Wednesday, February 8, 2012

गज़ल

लेखुँ भने शब्द छैन खुशीका गीतहरु
बिर्सुँ भने आँट छैन मीठा ती प्रीतहरु ।


भुलुँ भन्छु अतितका सारा ती द्रिश्यहरु
कसरी पो सुकाउँने आसुँ झैँ शीतहरु । 


भुल्न पनि गार्‍हो हुन्छ आफ्ना ती बिगत् सारा 
सकिन्न नि तोढ्न फेरि बाँधेका रीतहरु ।


सफल्ताको सिँढी चढ्न सकिन्न सजिलै नै
दु:खगरी प्राप्त हुन्छ पाएका जीतहरु ।


कसैगरी पाइेन्न है खोजेको मन्ले जस्तो
भाग्यमा नै हुनुपर्छ रोजेका हीतहरु ।


(रचना - अक्टोबर/ ३/ २०११ मध्यान्ह १ बजे ) 

0 comments:

Post a Comment