Wednesday, February 8, 2012

गज़ल

(आधुनिक बिचारका युवाहरुको सोँचरूपी गजल )        


कसैलाई अर्ती दिँदा फाल्टो गीत गाए भन्छन्
पुरातन बिचारमा अझै पनी छाए भन्छन् ।


जस्ले जे,जे भने पनि अर्ती भन्या ओखती हो
पुराना ति उपदेश अहिले त  खाए भन्छन्  । 


नयाँ बिचार नयाँ सोँच् आधुनिक उपलब्धी
उहिलेका कहावतलाई गाली गलौज् पाए भन्छन् । 


बुढापाका मानिसका चिन्तन् बिचार् धेर् भो भन्छन् 
आधुनिक बनेर नै नौलो युगमा आए भन्छन् । 


देवताको दर्शन् गर्न गुम्बा मन्दिर जाँदा पनी
पाप मोक्ष काट्नलाइे मात्र मन्दिर् धाए भन्छन् ।     


रचना -अक्टोबर/ ३/ २०११

0 comments:

Post a Comment