Thursday, March 1, 2012

रुबाइेयत

नांगो शिर  लुकाउने बास लुटिदियौ
भोको पेट भर्दै थिएँ गाँस लुटिदियौ 
मानवताको रत्तीभर आभाष रहेनछ
खुशी साथ बाँच्ने मीठो आश लुतिदियौ । 

सर्वस्व आफ्नो लुटाएँ मैले
शिशा झैँ भाग्य फुटाएँ मैले
जे हुनु थ्यो भई गयो अब
कोमल मुटु टुटाएँ मैले ।   


सानो चोटमा पनि आत्तिएछु म
अमृत पिउँदा पनि मात्तिएछु म
सानो हृदय भएर होला कि सायद्
जली जाने बाती बनी कात्तिएछु म ।

मान्छे न हुँ चन्द्रमा झैँ दाग लाग्न सक्छ
अपजस र अपशब्द भाग लाग्न सक्छ
सबैले नै बुझ्नु पर्छ,यस्तै हुन्छ भनि
इर्ष्यालुको मनको रिस राग लाग्न सक्छ......./

0 comments:

Post a Comment