जसो तसो बाँच्नै पर्यो पाली आश जिन्दगीमा
सङ्लो खोला तर्नै पर्यो फेर्दै सास जिन्दगीमा ।
मान्छे न हौं प्रकृतिको सबैभन्दा बुद्धिजिवी
त्यसैले त भोग्छौँ हामी मधुमास जिन्दगीमा ।
जिउनु पर्छ मान्छेले नै सुख दु:ख साथी सम्झी
कतै भुल होला भन्दै राखी त्राष जिन्दगीमा ।
जीवन यात्रा गर्नलाइे बाटो असल रोज्नु पर्छ
नत्र सधैं टेक्नु पर्ला गैर्हो भास जिन्दगीमा ।
उज्यालो त्यो खोज्नलाइे अन्धकार त्याग्नुपर्छ
अनी मात्र बन्न सक्छ बँचाइे खास जिन्दगीमा ।
( रचना -नोवेम्बर ११ / २०११ )
0 comments:
Post a Comment