(नारीमनको भावरुपी गजल)
मेरो मनलाई तड्पाउने तिमी ज्यानमारा रैछौ
मेरो आँखालाई लठ्याउने तिमी ज्यानमारा रैछौ /
मीठा शब्दहरु छरिकन मक्ख पारिदिने पापी
मेरो आत्मालाई झुक्क्याउने तिमी ज्यानमारा रैछौ /
भन्थे भन्नेहरु तन्नेरीको भर नगरेकै जाति
मेरो भावलाई छक्याउने तिमी ज्यानमारा रैछौ /
साँचो गालीलाई नसुनेर लाज पचाएरै हो की
मेरो घ्रीणालाई पत्याउने तिमी ज्यानमारा रैछौ /
तिम्रो स्वार्थलाई सधैंभरी तिम्ले लुकाएर पनि
मेरो बैशलाई हत्त्याउने तिमी ज्यानमारा रैछौ /
(मे ११ /२०१० )
0 comments:
Post a Comment