Saturday, February 4, 2012

गीत

झिरमा मलाई उन बरु, पीरमा नपार
खुशी दिने बहनामा आसुँ सागर नतार ......./


रुखो सुखो हाँसेकै छु दुनियाँको सामु
मृत्‍यु रोकी बाँचेकै छु कहाँ अब जाउँ ......./


तीरमा मलाई निशाना साँध,डिलमा नझार
सुख दिने लालचमा लोभमा  नपार ......../


दिन रात भोगेकैछु अरु मान्छे सरि
बाहिर मुस्कान छरेकै छु पीडा मनमा भरि .........../


( रचना -अगस्त १/ २०११ )

0 comments:

Post a Comment