Saturday, February 4, 2012

गीत

रचना:- प्रभा आचार्य
संगीत:- तुफान
स्वर:- काम चलाउ मात्र

पहाड मधेश जे भने नि नेपालीकै देश हो,
दौरा, सुरुवाल, फरिया, चोली नेपाली कै भेष हो........

पहाडमा फुल्ने गर्छ लाली गुराँस फूल
यस्लाइे बिर्स्यौं भने, हुन्छ ठुलो भूल........

एउटै पाईला चाल्नु पर्छ, चाल मिलाई²
मादलमा नै नाँच्न पर्छ, ताल मिलाई²........

डाँफे मुनाल जे भने नि नेपालकै धन हो
शिर ठडाइे जो बाँच्छ धाकले त्यही नेपालीपन हो  

हिमालरुपी  सुन्दरताले नेपाल हाँसेको छ
यहि देशको छहारिमा यो मन बाँचेको छ........

एउटै आवाज उठ्नु पर्छ भाका मिलाइे
बाँसुरिमा रम्नु पर्छ ब्यथा सिलाइे ................/

पहाड मधेस.......

0 comments:

Post a Comment