मुक्तक
१ )
मस्जिद,मन्दिर,चर्च,गुम्बा सबको रित एउटै
यी सबैका बिधी, बिधान,लक्ष, हित एउटै
हुनुहुन्न बिधानभित्र स्वार्थ,कपट,जाल रत्ती
जात,धर्म,छुवाछुत मासे बन्छ प्रीत एउटै ........./
२ )
कहिले संघर्षसँग नडराई जुझें
कहिले पीडाको आसुँले रुझें
चाहे जे जस्तै संकट आओस्
तर जिन्दगी मीठो बर्दान भनि बुझें ........./
३ )
आकाशलाई छानो मानी सधैं ओढेँ मैले
नाभो झारलाई फूल मानी सधैं गोडेँ मैले
यस्तै अन्योलतामा फँसी भ्रमको खेती गर्दै
स्वार्थी र बेइमानीसँग नाता जोडेँ मैले................../
४ )
कहिले सम्म फाप्न सक्छ लुटको धन हेर
मान्छे भई मानवताको लुटाई मन हेर
उदार दिल जहिले पनि स्वच्छन्द नै हुन्छ
भोको पेटलाई भर्ने भए गरीब जन हेर ............/
रचना- डिसेम्बर /८ /२०११
0 comments:
Post a Comment