Sunday, February 5, 2012

गज़ल


 (झ्याउरे छन्दमा सिर्जित बियोगान्त गजलको प्रयास )                       

कसरी उस्ले,भएको कुरा,ढाँटेछ सजिलै
किनपो हो नी,असत्य कुरा,साटेछ सजिलै ।

मायालु बन्ने,निहुँले हिजो,बनेथ्यो पागल
पागलै बनी,सत्यको बाटो,काटेछ सजिलै ।

असत्य शब्द,झुटको खेती,कहिले पाक्छ र?
उस्को नै मन,आखिर फेरि,फाटेछ सजिलै

अर्काको मन,चोर्नमा कत्ति,सिपालु थियौ नी
तस्बिर हेर्दै,मनको पीडा,चाटेछ  सजिलै । 

भन्नु के मैले,बाँकी नै छैन,सम्झाउँ कसरी? 
मायाको फूल,उमारे भन्दै,झाँटेछ  सजिलै ।

0 comments:

Post a Comment