Saturday, February 4, 2012

गीत


( लोक शब्दभावरुपी गीत )     

कम्मरमा पटुकी  हेर बेर्‍हेकी
आँखा झिम्म नगरी कस्लाइे हेरेकी
लोभी नजरले..............

कस्तो गरी मन चोर्‍यो,मीठो अधरले ....../
सोर्‍ह नाघी सत्र बल्ल पुगेकी छौ सानी
उमेरले देखाइ सक्यो उर्लेको जवानी
लोभी आँखाले...............

कस्तो गरी दिल लग्यो मोहनी भाकाले ......./
कानैमा च्याप्टे सुन , कण्ठ हार
नाखैमा बुलाकी भयोकी  भार
साँचो मनले ......

म पनि पुरीदिउँला त्यस्तै धनले ......./
तरुणीको नजरमा मन फँस्यो है
थाहा नपाई कती चाँडो माया बस्यो है
लोभी अधरले ..............

साँच्चै माया बसेछ मनको ठहरले ........../

( रचना - जुन/ १८/ २०११ ) 

0 comments:

Post a Comment