Saturday, February 4, 2012

गीत


माया भन्ने कस्तो कस्तो रंगी चंगी कागज जस्तो
टाढा हुँदा झनै बिझ्ने जँगली त्यो काँढा जस्तो .........,


साथै हुँदा गरेका ति मीठा मीठा बाचाहरु
आज किन बिलाई गयो इन्द्रेणी ति आशाहरु ............/


आजन्म नै संगै बाँच्ने कठोर त्यो विश्वासलाई
आज किन भोग्नु पर्‍यो दुई किनारको नदी बनाइे ......../


नाता भन्ने कस्तो कस्तो भिरको साथ लहरा जस्तो
धोका हुँदा खसी दिने आँखाको त्यो आसुँ जस्तो ......./


जिन्दगीले अन्तिम सास लिन बाँकी रहेसम्म
तिम्रै साथ खोजिरहोस् जीवन हाम्रो भए सम्म ......./


माया भन्ने ...................../
( रचना- मे/ १/ २०११)

0 comments:

Post a Comment