Thursday, February 9, 2012

कबिता

 " यस्तै छ प्रवासीको खबर "     


आफ्नो माटोको अस्तित्व
मुटुमा साँच्दै भएपनी
नौलो भूमीको माटोमा
रमाउँनुको आनन्द लिँदै
 यो सपनाको शहरमा
भौँतारी रहेछौं हामी ।
कला,संस्क्रिति र साहित्यको
जन्तर भिरेर भएपनी
यो नयाँ भूमीमा हामी
आफ्नो अस्तित्व खातिर
लडिरहेछौं,बढिरहेछौं ।
लंगडाको देशमा खुट्टा
खोच्याउँनै पर्ने,
अन्धोको देशमा 
अन्धोको अभिनय गर्नै पर्ने
यो सबैको नियती ।
भोगेका भोगाइेहरु
नै साँचो सम्झिनु पर्ने
देखेका द्रिश्यहरु नै
भावनामा उतार्नु पर्ने
आफ्नो परिवेशलाइे
थाँती राखेर पनी
नौलो अनुभुतिलाई
स्वीर्कानु पर्ने ,
यस्तै छ प्रवासीको खबर।
जन्मभूमी र कर्मभूमीलाईे
मितेरी लगाएर
आफु मध्यष्थ बन्नु पर्ने
आफ्नो भाषा,भेषलाई
बन्द बाकसमा थुनेर
नौलो श्रीजनाको जडौडी
भिर्नु पर्ने,
हो यस्तै छ
हर प्रवासीको खबर   
हो यस्तै छ,
हर परदेशीको रहर....../       


(रचना- नोवेम्बर/ १४/२०११ ) 

0 comments:

Post a Comment