Thursday, February 9, 2012

कबिता



  "शुभकामनाका शब्दहरु "




बधाईका शब्दहरु तिमीलाइे
चढाउँदैछु आज
खुशीको आसुँ छचल्क्यो
दुई आँखा माझ ।
नयाँ जीवनको संघारमा
खुशीका पाइेलाहरुले टेक्नु
सार्थक जीवनमा
नभेटे नी मलाई तिम्ले
भावनाले भेट्नु ।
शुभ रहोस् हर घडी
तिम्रा मिलनका क्षणहरु
खुशी र हाँसोले भरिइेयुन्
तिम्रा हर पलहरु ।
हुन्नौ अब एक्लो तिमी
भावनाकी साथी साथमा छ
मेरा शुभकामनाका गुच्छाहरु
सदा तिम्रो माथमा छ  ।
भाक्दछु ईश्वरलाई
सदा तिमी प्रसन्न हौ
दुई आत्माको मिलन
आजन्म अटुट रहोस् ।
सकिन दिन केही
यही शब्दोपहार चढाएँ
अन्तिम पलमा मैले
बिदाको हात बढाएँ ।
साथ पाए नी तिम्ले
साथी कहिल्यै नभुल्नु
आफ्नै संसारमा मात्र
तिमी कहिल्यै नडुल्नु ।
अन्तिम बधाई फेरि
हृदयले दिँदैछु ,
बिछोडका घातहरु
म आफैले लिँदैछु । 
रचना -नोवेम्बर/ ६/ २०११

0 comments:

Post a Comment