Wednesday, February 8, 2012

गज़ल

गाउँघरको पीडा सुनें सारंगीको धूनमा पनि
कलंकित दाग देखें स्वच्छ त्यो जूनमा पनि ।  धून ।


आखिरमा को नै छ र ? संसारमा दाग रहित्
पित्तलको जात भेटेँ अकबरी सुनमा पनि ।


निस्वार्थको आशा गरौँ स्वार्थको नै छाप हुन्छ
के भरोशा गर्नु र खै! कसैको नि गुनमा पनि ।


संसार नै बद्लिएर आफन्त नै बैरी भए
कहाँ साँचो माया हुन्छ? आफ्नै निजी खुनमा पनि ।


सक्कली चिज् हराइे गए नक्कलीकै जगजगी
न्यानो पन भेटिन्न है भेँडाको त्यो  ऊनमा पनि । 




रचना - जनवरी ४/ १२

0 comments:

Post a Comment