मायाले जिस्काएको बातै प्यारो लाग्यो
प्रेमले पिलाएको मातै प्यारो लाग्यो ।
नयन शर्माएर जब शिर झुक्दा
मायालु भेट्घाटको रातै प्यारो लाग्यो ।
दर्हिलो आश्वसन जब दिन्थ्यो उस्ले
आँटिलो लोग्नेमान्छे जातै प्यारो लाग्यो।
एकान्त शुन्यतामा सधैं त्रास हुन्थ्यो
बलियो साहाराको साथै प्यारो लाग्यो ।
एक्लोपल् छट्पटिमा जब रात बित्थ्यो
भरले थमाएको हातै प्यारो लाग्यो ।
(रचना - १० जुन २०१० एउटी नारीको लोग्ने मान्छेप्रतीको दर्हिलो साहारारुपी गजल )
0 comments:
Post a Comment