Tuesday, February 7, 2012

गज़ल

 भन्छन् सबै देशको मुटु आज किन दुखिरैछ ?
मीठो हाम्रो ओंठको हाँसो किन होला लुकिरैछ ?

शान अनी मानले हाम्रो शिर हिजो ठडिएथ्यो
त्यहि शिर किन हो आज शर्माएर झुकिरैछ ?

दोष जत्ति कस्लाइ दिने हामी आफै मुर्ख बन्यौँ
आफ्नै कर्म खोटो भो,खुशी पत्कर झैँ सुकिरैछ ।

दु:ख मान्छौ सबैले देश किन तल खस्यो भनि ?
घ्रीणा अनि पछुतो भइ मनले नै थुकीरैछ ।

सबै हामी अन्योल भित्र कहाँ कहाँ फँसेका छौं
नेता भने आफैमा कुकुर बराबर भुकीरैछ ।

(देशको ब्यथामा निर्मित गजल रचना १७ /२०१० जुन )


0 comments:

Post a Comment