देशको भलो गर्छु भन्दै भुक्न सम्म भुक्यौ तिमी
बचन पूरा गने बेला कहाँ गई लुक्यौ तिमी ?
ओहोदा रोज्ने बेला चाँही अघि अघि लाग्न खोज्यौ
भेटेर गर्न पायौ राज नाला बनी सुक्यौ तिमी ।
नभेट्दा सम्म कुर्सी तिमी सिद्रा जस्तै पात्लो थियौ
लगायौ जब सत्ता हात बेलुन् जस्तै फुक्यौ तिमी ।
बचन दिन्छौ ठुला ठुला देश भक्ति बन्न खोज्दै
फालेर खेर त्यहि बोली अनी फेरि झुक्यौ तिमी ।
बिचार गरि अघि बढ्ने बुद्धी कैले आयो तिम्रो ?
त्यसैले सहि काम बाट सधैं जसो चुक्यौ तिमी ।
(देशकै अस्थिर राजनीतिमा समाहित गजल रचना १८ /२०१० )
0 comments:
Post a Comment