(तखल्लुसयुक्त गजल )
खोजिन धन तिम्रो मायामा
लुटाएँ मन तिम्रो मायामा /
प्रेमको अर्थ थाहा छ भने
बुझाई भन तिम्रो मायामा /
फुलेर झर्छु तिम्रै छात्तिमा
सुम्पेछु तन तिम्रो मायामा /
बिरुवा बनी उम्रेँ दिलमा
जोगाइ खन तिम्रो मायामा /
पाइन साथ सत्य कहिल्यै
छ आफ्नो पन तिम्रो मायामा /
(१९ मे २०१० )
0 comments:
Post a Comment