गज़ल
सुन्दर त्यो गुलाबले शितको आसुँ झारेछ
आफूलाई काँडाबिच जिन्दगीभर पारेछ ।
कठैबरा!जिन्दगी त्यो सधैंभरी बन्धनमा
त्यसैले नै आफ्नो मन भित्र भित्रै मारेछ ।
फुलीदिनु बास्ना छर्नु भिन्नै छ है बाध्यता
बाध्यताको भुमरीमा आफूलाई सारेछ ।
फूल बन्नु आखिर उस्को बिवशता नै रैछ
त्यहि कारण् सौन्दर्यले सबैलाई टारेछ ।
सुरक्षाको निहुँ गरि काँडासंगै जिउँदा
आफ्नै जीवन् ब्यर्थ ठानी आफैसँग हारेछ ।
रचना -१२/२८ /२०११
0 comments:
Post a Comment