म परिभाषित भएर दु:खसँग,सुख अनुभुत गर्न सकुँ
म अल्पपरिचित भएरै सुखसँग,दु:खको भाग पर्न सकुँ
भन्छन् सबै दु:ख नै जीवनको,सार्थकता हो भनेर
म दु:ख सुखको समिश्रण,जीवन पानामा भर्न सकुँ ........../
तिमीसँग अलिकति हाँसो मिसाउँदैछु
तिमीसँगै जिन्दगीको भारी बिसाउँदैछु
मेरो हजुर भावनाको कदर गर्दिनु है
तिम्रै साथले जलेको यो मुटु चिसाउँदैछु ।
जिन्दगीको खोला अझै तर्नु पर्नेछ
भलो काम गरेर नै मर्नु पर्नेछ
उकाली र ओरालीमा चढ्दै,उत्रंदै
सुबाशिलो बास्ना पनि छर्नु पर्नेछ ।
नसुने झैँ गर्नु पर्छ वाहियात,बेफ्वाँकका कुराहरू
बेअर्थका कुरामा बिश्वास गर्छन्,केवल भुराहरू
कुराको पहाड मात्र नसोँचौं है साँचो जड
थोरै बोल्छन् सत्य बोल्छन् बुझाकी र शुराहरू ।
0 comments:
Post a Comment