गर्दिन म कैले पनि खाली दाम लिने कुरा
बरु कोशिस् गरुँला म आफ्नै नाम लिने कुरा ।
स्वार्थी कैल्यै बन्नु हुन्न आफन्तकै भिँडमाझ
कैल्यै पनि गर्नु हुन्न केवल् काम लिने कुरा ।
हाँसो ठट्टा गर्नु पर्छ रमाइलो गर्नलाई
बहनामा नगरौं है हाँस्दै जाम लिने कुरा ।
इन्टर्नेटको जमाना छ समयले कोल्टे फेर्यो
नसोँच है अब चाँहि बन्द खाम लिने कुरा ।
ऋतुहरु आइेरहन्छन् प्रकृतिकै नियम हो
स्वार्थी बनी नभन है मीठो याम लिने कुरा ....../
0 comments:
Post a Comment