प्रेमको पहिरो गयो मनमा
कहाँ लागोस् त घाम तनमा ?
भाग्यमा आखिर रुनु नै रैछ
चोटिलो घात पाएँ आफ्नै पनमा ....../
आँखा डुब्यो आसुँ तालमा
मन तर्यो दु:खको छालमा
कर्ममा यस्तै लेख्या रैछ नि
रुँदैछु आज बिव्हल हालमा ......./
भेटिनु रैछ छुट्नकोलागी
जीवनको खुशी लुट्नकोलागी
लाचार बनें बिवश नै भएँ
ब्यर्थ गाँसे प्रीत टुट्नकोलागी ....../
उस्को माया बिषालु बन्यो
ब्यवहार पनि इर्ष्यालु बन्यो
स्वार्थले लिप्त उस्को त्यो मन
अनायसै आज तिर्खालु बन्यो ।
रचना- सेप्टेम्बर/ १८ /२०११
0 comments:
Post a Comment