गज़ल
तिम्रो याद आउँदा गजल लेखेँ साथी
गजलको शब्दले तिर्खा मेटेँ साथी ।
छट्पटिन्छु जब म भावनामा डुब्छु
भावनाकै लहरमा सपना देखें साथी ।
शब्द शब्द मिलाई तिम्रै कथा लेख्दा
बहरको मुटुमा तस्बिर भेटें साथी ।
एकान्तमा रहँदा झझल्कोले छुँदा
गजलकै हरफले याद छेकें साथी ।
सताउँछ यादले सकिन है रोक्न
गजलमा भुलिंदै झल्को खेदें साथी ।
रचना - जनवरी -११ /२०१२
0 comments:
Post a Comment