Wednesday, February 8, 2012

गज़ल



 कस्तो यो आयो उराठ लाग्दो असहज् जमाना
 कसैको घर बिगार्न लाई गर्दछ बहाना ।


 पर्दैन जान शिकार गर्न  जंगल झाडीमा
 मान्छे नै बन्छ मान्छेको शिकार् गतिलो निशाना ।


रगत नाता बिर्सेर सबै अधर्म कमाए
आफन्त पनि पराई बनी बन्दछ बिराना ।


परिवेश् यस्तै बनेको छ है भोग्दैछन् सबैले
जिउँदै छु म मुटुका घाव मानेर स-साना ।


पौरख गर्न छाडेर अचेल् लुट्न पो थाले नि
सरकारी धन पचाई लाज बनाए खजाना ।


(रचना - जनवरी /११ /२०१२ )

0 comments:

Post a Comment