गज़ल
सन्तानकै हिनताबोधले झुकेको छ मेरो देश
उन्नतीको गोरेटोमा रुकेको छ मेरो देश।
देश भन्नु आमा नै हुन् मातृभूमी नेपाल यो
मेची काली फैलिएर फुकेको छ मेरो देश ।
छिया छिया छाती पारी रुनु बाहेक् के नै छ र ?
बेदनाको प्रहारले सुकेको छ मेरो देश ।
आफ्नै छाती परेड् खेल्ने जर्जर् मैदान् बनाँएर
हराभरा हुनबाट चुकेको छ मेरो देश ।
गोली बारुद हत्या हिँशा हेर्दा हेर्दै थाकेपछी
दिक्क भई शरमले लुकेको छ मेरो देश ।
( रचना -डिसेम्बर/ ९ /२०११ समय साँझको ७.00बजे अमेरिकी समय )
ghayalko tarahi musyara part 26
0 comments:
Post a Comment