Wednesday, February 8, 2012

गज़ल



सुनाउँनेको  भिंडमा अब  सुन्ने कस्ले कस्को कुरा ?
झुठको खेति पाक्छ भने गुन्ने कस्ले कस्को कुरा ? 


संसार नै आजभोली रंगमंच बनिसक्यो
मीठो कथा ईतिहास  भो चुन्ने कस्ले कस्को कुरा ?


सबै यँहा मुख बाउँछन् आफ्नै ब्यथा सुनाउँन
सबै मस्त स्वार्थ सिउन  तुन्ने कस्ले कस्को कुरा?


नारा जुलुस फलाक्न पाए बिषय चैं  जेसुकै होस्
सबै नेता भाषण छाँटने  थुन्ने कस्ले कस्को कुरा ?


सहि आवाज  मौनतामा  बिलाईदेला आज भोली  
सत्य बोली अमृत ठाँनी उन्ने कस्ले कस्को कुरा ?  


(रचना -डिसेम्बर/ ३/ २०११)

0 comments:

Post a Comment