Saturday, February 4, 2012

गज़ल

अरुको ईशारामा कती नाँच्छौ नेता हो
अरुकै भरोशामा कती बाँच्छौ नेता हो ।

आफैले गर्नु पर्छ आफ्नो देशको निर्णय
अरुको उन्नतिमा कती हाँस्छौ नेता हो । 

देशको उन्नतिमा लागि पर्न छाडेर
पालेका आशा जती कती नाँस्छौ नेता हो ।

हातले गर्ने काम सबै थाँती राखेर
मुखले सधैं भरी कती बास्छौ नेता हो ।

पर्खन्न समयले मौकालाई नगुमाउ
जनताको मन अब कती भाँच्छौ  नेता हो ।

( रचना - अप्रिल/ २०/ २०११ )

0 comments:

Post a Comment