Tuesday, February 7, 2012

गज़ल

फुल भन्यौ फुली दिएँ
खुल भन्यौ खुली दिएँ ।

जे जे भन्यौ मानेँ मैले
भुल भन्यौ भुलि दिएँ ।

तिम्रो कुरा सबै बुझी
डुल भन्यौ डुली दिएँ ।

दु:ख पीडा भुलि सबै
झुल भन्यौ झुली दिएँ ।

खुशी हरु मन भित्र
हुल भन्यौ हुली दिएँ ।

(रचना -जुन २४ /२०१० /)

0 comments:

Post a Comment