Wednesday, February 8, 2012

गज़ल

साउतीमा मैले केही कुरा गर्‍या होइेन
कानेखुशी गर्दै पनि बिष भर्‍या होइेन ।


घरकै भोजन सधैं मीठो खोले भए पनि
आफ्नो गाँस छाडेर पो अन्त चर्‍या होइेन ।


मनको बह पोख्न पाउँदा मन सधैं हल्का
हितैषीलाइे पोखेँ ब्यथा बिष छर्‍या होइेन ।


सुख दु:ख मनको पीडा आफ्नोलाइे भन्नु
दु:ख सबै पोखाएर भर पर्‍या होइेन  । 


सद्भावना पोखाएर मित्रता नै गाँस्नु
दु:ख पोखी आसुँ बन्दै मैले झर्‍या होइेन ।


रचना - अगस्त/ १३/ २०११

0 comments:

Post a Comment