गज़ल
बित्रिष्णाको छाता ओढ्दै तिम्रो याद छल्दैछु म
छातीभरी त्रिष्णा बोकी हरदिन गल्दैछु म ।
मनभित्र गढिरहे सम्झनाका शूलहरु
तिखो काँढा बिझेर नै बाटोबीच ढल्दैछु म ।
त्रिषित बने आँखा मेरा अधर पनि मौन बन्यो
राहतको पानी नपाई भित्र भित्रै जल्दैछु म ।
यात्रा थियो प्रेमपथको बाटो बिचमै टुटी गयो
गर्हौं पाइेला चालेर नै सुस्त सुस्त चल्दैछु म ।
आगो पानी हो यो जीवन कैले कंहि जुझी रन्छ
संजोग मीठो नमिलेर आगो बनी बल्दैछु म ।
रचना - अगस्त/ १४/ २०११
0 comments:
Post a Comment