Wednesday, February 8, 2012

गज़ल



बित्रिष्णाको छाता ओढ्दै तिम्रो याद छल्दैछु म
छातीभरी त्रिष्णा बोकी हरदिन गल्दैछु म ।


मनभित्र गढिरहे सम्झनाका शूलहरु
तिखो काँढा बिझेर नै बाटोबीच ढल्दैछु म ।


त्रिषित बने आँखा मेरा अधर पनि मौन बन्यो
राहतको पानी नपाई भित्र भित्रै जल्दैछु म ।


यात्रा थियो प्रेमपथको बाटो बिचमै टुटी गयो
गर्‍हौं पाइेला चालेर नै सुस्त सुस्त चल्दैछु म ।


आगो पानी हो यो जीवन कैले कंहि जुझी रन्छ
संजोग मीठो नमिलेर आगो बनी बल्दैछु म ।


रचना - अगस्त/ १४/ २०११  

0 comments:

Post a Comment