आदर्शको खोक्रो कुरा गर्न जान्ने मान्छे हामी
अचाँहिदो ढर्रा मात्र सधैं मान्ने मान्छे हामी ।
अघी बढ्यो जस्को खुट्टा इर्ष्या जलन गर्दै पनि
गुपचुप भित्र भित्रै पछि तान्ने मान्छे हामी ।
मुखमा छ राम राम बगलीमा छुरा राखी
अघि मुस्कान छर्दै पनि भाला हान्ने मान्छे हामी ।
आफुलाई सर्वेसर्वा सधैंभरी मानेर नै
अरुलाई हचुवा झैं यस्तै ठान्ने मान्छे हामी ।
अरु भोको भएपनी आफ्नो पेट भर्नलाई
अन्नपानी आफुलाई मात्र छान्ने मान्छे हामी ।
(रचना -२ /२४ /२०१० )
0 comments:
Post a Comment