Tuesday, February 7, 2012

गज़ल


  फुल्नु अघाडी झरेको फूल भयो जिन्दगी
 सोँच्दै नसोंची गेरेको भूल भयो  जिन्दगी /

  सुक्न थालेछ जीवन बाग किन अनायस ?
 बग्न नपाई सुकेको मूल भयो  जिन्दगी /

कस्को भरोशा गर्नु र ?बोली सत्य भनेर ?
 हल्लै हल्लाको बिरानो हूल भयो जिन्दगी /

सोँच राख्छन सबैले आफु महान् भनेर
बिना परीवेश बहिष्क्रित् कुल भयो जिन्दगी /

 मन कोमल राखेर बाँच्छु भन्ने चाहना
थाहा नपाई तिखालु शूल भयो जिन्दगी/
(रचना १७ अगस्ट २०१० )

0 comments:

Post a Comment